२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

प्रभावकारी ढङ्गले काम गर्ने उद्देश्यले ठूला दलको सरकारः उपप्रधानमन्त्री सिंह

प्रभावकारी ढङ्गले काम गर्ने उद्देश्यले ठूला दलको सरकारः उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार देशको विकासका लागि प्रभावकारी ढङ्गले काम गर्ने उद्देश्यले गठन भएको बताएका छन् ।
सहरी विकास मन्त्रालयमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले बारम्बार सरकार परिवर्तनले जनतामा निराशा बढ्दै गएका बेला उनीहरूमा सकारात्मक सन्देश प्रवाह गर्ने देशका दुई ठूला दलले सत्ता साझेदारी गरेको बताए ।

उपप्रधानमन्त्री सिंहले भने, “सरकारको राजनीतिक सन्देश जनजीविकाका सवालमा  प्रभावकारी काम गर्नुपर्छ भन्ने छ ।”

फरक प्रसङ्गमा उनले सहरी क्षेत्रका समस्या समाधानका लागि सुधारका धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै त्यसका लागि नीतिगत सुधार र परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले फोहरमैला व्यवस्थापन, खुला क्षेत्र, सडक, यातायात व्यवस्थापनलगायत क्षेत्रमा प्रभावकारी रुपमा काम गर्ने उल्लेख गरे ।

कार्यक्रममा मन्त्रालयका निमित्त सचिव पद्यकुमार मैनालीले मन्त्रालयबाट हालसम्म भएका कामबारे जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij