२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

यी हुन् पछिल्लो मन्त्रिपरिषद बैठकका निर्णयहरु

यी हुन् पछिल्लो मन्त्रिपरिषद बैठकका निर्णयहरु

काठमाडौं । सरकारले भन्सार विधेयक र विद्युत विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको छ। नेपाल सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले आज बसेको मन्त्रिपरिषद्को बैठक उक्त निर्णय गरेको बताउनु भयो ।

साथै, आजको मन्त्रिपरिषद्को बैठकले दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। त्यसैगरी प्रतिनिधि सभा सदस्यद्वय माधव सापकोटा र राजेन्द्रकुमार केसीलाई नीजीकरण समितिको सदस्यमा मनोनित गर्ने निर्णय पनि भएको प्रवक्ता शर्माले बताउनु भये ।

त्यसैगरी, नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाश कुमार पनेरुलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ।

कूटनीतिक तथा सरकारी राहदानी वहाकलाई नेपाल र फिलिपिन्सबीच हुने सम्झौतामा हस्ताक्षर गर्नसमेत मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij