२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

भागिरथ चलाउनेको तीज गीत ‘गुलेलीले जुरेलीलाई हानम कि म नाई’

भागिरथ चलाउनेको तीज गीत ‘गुलेलीले जुरेलीलाई हानम कि म नाई’

काठमाडौँ । लोकप्रिय गायक भागिरथ चलाउनेको नयाँ तीज गीत सार्वजनिक गरिएको छ । चलाउनेको ‘गुलेलीले जुरेलीलाई हानम कि म नाई’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा भागिरथसँगै गायिका सुनिता बुढा क्षेत्रीको स्वर छ भने शब्द र संगीत भागिरथ आफैंको रहेको छ । गीतमा संगीत संयोजनको काम विनोद बाजुरालीले गरेका छन् । गीतको भिडियोमा गायक भागिरथ आफैंले नृत्य गरेका छन् भने उनीसँगै अनिशा ओलीले अभिनय गरेकी छिन् ।

भिडियोमा भागिरथसँगै अनिशा ओलीले नृत्य गरेकी छिन् । सुनिल बिकले निर्देशन गरेको भिडियो बुद्ध थापाले खिचेका हुन् भने प्रविन भट्टले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij