२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

२०८३ कार्तिक २३ आइतबार

पौडीबाज डुवाना पेरिस ओलम्पिकको हिट चरणबाटै बाहिरिइन्

पौडीबाज डुवाना पेरिस ओलम्पिकको हिट चरणबाटै बाहिरिइन्

 

काठमाडौं ।  डुवाना लामा पेरिस ओलम्पिक– २०२४ आन्तर्गत पौडी खेलको हिट चरणबाटै बाहिरिएकी छन् । नेपाली पौडीबाज डुवानाले दुई सय मिटर फ्रि–स्टाइलमा  निर्धारित दूरी पार गर्न २ मिनेट २०.४७ सेकेन्ड खर्चिइन् । सात खेलाडी भएको हिट वानमा डुवाना अन्तिम स्थानमा रहिन् ।

यससँगै तीन नेपाली खेलाडीको ओलम्पिक यात्रा समाप्त भएको छ । यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ र सुटिङकी सुम्मिता नेपाल पहिलो चरणबाटै बाहिरिएका थिए ।

वाइल्ड कार्डमार्फत डुवानाले पेरिस ओलम्पिकको यात्रा तय गरेकी हुन् । त्यस्तै अब ओलम्पिकमा जुडोकी मनिता श्रेष्ठ प्रधान, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र पौडीका एलेक्स शाहले आ आफ्नो खेल खेल्न बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij