२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

रेल्वे लिकमा पर्दा धनुषाका श्रीराम दासले गुमाए दुवै खुट्टा

रेल्वे लिकमा पर्दा धनुषाका श्रीराम दासले गुमाए दुवै खुट्टा

जनकपुर । जनकपुर–जयनगर रेल्वेको लिकमा पर्दा एकजनाले दुवै खुट्टा गुमाएका छन् । जनकनन्दनी गाउँपालिका–३ महुवाका अन्दाजी ३५ वर्षिय श्रीराम दासले रेल्वे लिकमा परी दुवै खुट्टा गुमाएका हुन् ।

शनिबार बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको लिक छेउबाट हिँडिरहेको समयमा जयनगरबाट आइरहेको रेलले हर्न दिँदा उनी अल्मलिएर रेलकै लिकमा परेका थिए ।

लिकमा अल्झिएका उनले दुवै खुट्टा गुमाएको रेल्वे विभागका प्रवक्ता प्रहरी नायव उपरीक्षक दयाराम पौडेलले जानकारी दिए । दासलाई उपचारका लागि तत्कालै जनकपुर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij