२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

रचना रिमालको तीज गीत ‘बिलौना’

रचना रिमालको तीज गीत ‘बिलौना’

काठमाडौँ । गायिका रचना रिमालको नयाँ तीज गीत सार्वजनिक भएको छ। पछिल्लो समयकी निक्कै व्यस्त गायिका रिमालले आफ्नै आधिकारिक युट्युब च्यानलमा नयाँ तीज गीत सार्वजनिक गरेकी हुन्। तीजको पावन अवसरमा नेपाली चेलीहरूको लागि विशेष उपहार स्वरूप ‘बिलौना’ बोलको गीत सार्वजनिक गरिएको हो ।

नारायण ज्ञवालीको शब्द शिव हमाल सङ्गीतमा रहेको गीतमा रचना रिमाल र बद्री पंगेनी को स्वर रहेको छ।राजेश घिमिरेको निर्देशनमा बनेको गीतको भिडियोमा रचना सहित बद्री पंगेनी पवित्रा अधिकारी र अनुपा बिष्टलगाएत बाल कलाकारमा प्रवानजन क्षेत्री, मिलन बस्याल र आयुशि बस्यालको अभिनय रहेको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय रहेकी रचनाको आफ्नो युट्युब च्यानलमा यो महिना चौथो गीत सार्वजनिक भएको हो।
नौ दिन अगाडि उनको धार्मिक महिना श्रावनलाई ध्यानमा राखेर ‘हर हर महादेव’ बोलको गित रिलिज भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij