२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

प्रधानमन्त्रीले लिए सौर्य एयरको जहाज दुर्घटनामा परी घाइते भएका क्याप्टेनको स्वास्थ्यावस्थाबारे जानकारी

प्रधानमन्त्रीले लिए सौर्य एयरको जहाज दुर्घटनामा परी घाइते भएका क्याप्टेनको स्वास्थ्यावस्थाबारे जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्स दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार साँझ सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज पुगेर घाइते क्याप्टेनको स्वास्थ्यावस्थाबारेमा बारेमा जानकारी लिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले शाक्यको उपचारमा संलग्न चिकित्सक र परिवारजनसँग समेत कुराकानी गरेका थिए ।

सौर्य एयरलाइन्स दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो भने क्याप्टेन मनिषरत्न शाक्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij