२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

आँचल र विवेक अभिनित ‘बर एण्ड वधु’को पहिलो गीत ‘तिमी सँग’ सार्वजनिक

आँचल र विवेक अभिनित ‘बर एण्ड वधु’को पहिलो गीत ‘तिमी सँग’ सार्वजनिक

काठमाडौं । आँचल शर्मा र वुवेक कर्माचार्य फिचार्ड नेपाली चलचित्र ‘बर एण्ड वधु’को पहिलो गीत ‘तिमी सँग’ सार्वजनिक भएको छ । नयाँ बानेश्वरस्थित आइएनआई हलमा आयोजित पत्रकार सम्मेलनमा गर्दै चलचित्र टोलीले गीत सार्वजनिक गरको हो ।

सार्वजनिक गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर रहेको छ । यस्तै लेखु सहयात्रीको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत भरेका छन् ।

गीतमा आँचल र विवेक रोमान्टिक निकै रोमान्टिक देखिएका छन् । कविराज गहतराजको कोरियोग्राफीमा सुदिप बरालले रोमानियाको लोकेशनमा खिँचेका हुन् ।

यस फिल्ममा बिजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अन्सु महर्जन, सिता न्यौपाने लगायतका कलाकारहरुको पनि अभिनय छ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्ममा जानुका थापाको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij