२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

वृद्धवृद्धाहरूलाई सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सांसद पन्तको आग्रह

वृद्धवृद्धाहरूलाई सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सांसद पन्तको आग्रह

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले वृद्धवृद्धाहरूलाई सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदा सास्ती भएको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद पन्तले सामाजिक सुरक्षा भत्ता दिने कामका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने कुराको पूनरावलोकन गर्न आग्रह गरेका हुन् ।

उनले वृद्धवृद्धाहरूका लागि नागरिकता नै परिचयका लागि पर्याप्त रहेको बताए । अहिले वृद्धवृद्धाहरुले दिनका दिन लाइन बस्नुपर्ने बाध्यता आएको भन्दै राष्ट्रिय परिचयपत्रबारे सरकारसँग गुनासो गरेको स्मरण गराए । उनले ७० वर्ष पुगेकाहरूलाई राष्ट्रिय परिचयपत्र लागु नगर्न पनि सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij