२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

कांग्रेस केन्द्रीय कार्यालयमा स्थापना गरिएको पुस्तकालय औपचारिक शुभारम्भ

कांग्रेस केन्द्रीय कार्यालयमा स्थापना गरिएको पुस्तकालय औपचारिक शुभारम्भ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा स्थापना गरिएको पुस्तकालय आजदेखि औपचारिक रुपमा शुभारम्भ भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले ४२ औं बीपी स्मृति दिवसको अवसरमा आइतबार बिहान पुस्तकालयको उदघाटन गरेका छन् ।

पुस्तकालयमा राजनीतिक विषयवस्तुका पुस्तकहरुको संख्या अन्यको तुलनामा बढी छन् । नेपाली कांग्रेसको स्थापनाअघि देखिका विभिन्न कालखण्डका दस्तावेज, संस्थापक नेताहरुको राजनीतिक जीवन, बीपी कोइरालासँग जोडिएका दस्तावेज, कोइरालाले लेखेका साहित्यिक पुस्तक एवम् संविधान, कानुन, राजनीति शास्त्र, दर्शनशास्त्र, अर्थ राजनीति लगायतका पुस्तकहरु पुस्तकालयमा उपलब्ध हुनेछन् ।

यो पुस्तकालयमा जोकोही गएर अध्ययन गर्न सक्ने नेपाली कांग्रेसले जनाएको छ । पुस्तकालय र स्रोत केन्द्रले कांग्रेसको मुख्यालयलाई चलायमान गराउने पार्टीले उद्देश्य राखेको छ । पुस्तकालयले खोज अनुसन्धानकर्तालाई समेत मद्दत पुग्ने अपेक्षा कांग्रेसको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij