काठमाडौँ- बाँकेमा पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ।
जिल्लाको जानकी गाउँपालिका–४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।
साथीसँग खोलामा नुहाउन गएका बेला शनिबार दिउँसो बर्मा नालामा बेपत्ता भएका हुन्। बेपत्ता बर्माको शव प्रहरी फेला पारेको थियो।
यसैबीच पोखरीमा पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–१ कौशिला नगरका १७ वर्षीय सुरेश सार्कीको डुबेर मृत्यु भएको छ।
बैजनाथ गाउँपालिका–३ एलबीचोकस्थित महेन्द्र तालमा नुहाउन गएका सार्कीको डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए।
मृतक सार्कीसँगै पौडी खेल्न गएका अन्य दुईजना फरार भएका प्रहरीले जनाएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij