२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

गण्डकीमा चैते धान खेती गर्ने कृषकलाई अनुदान

गण्डकीमा चैते धान खेती गर्ने कृषकलाई अनुदान

गण्डकी। चैते धान खेतीमा कृषकको आकर्षण बढाउने उद्देश्यले पोखरा महानगरपालिकाले  आठ लाख अनुदान सहयोग उपलब्ध गराएको छ ।

महानगरपालिकाले वडा नं १४, १५, २६ र २७ मा चैते धान प्रोत्साहन कार्यक्रमअन्तर्गत कृषकलाई प्रतिरोपनी रु नौ सयका दरले अनुदान उपलब्ध गराएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

उनका अनुसार महानगरपालिकाको वडा नं १४ र १५ मा एक सय रोपनी क्षेत्रफलमा चैते धान गरेबापत् रु ९० हजार उपलब्ध गराइएको छ । त्यस्तै वडा नं २६ र २७ मा दुई सय २६ कृषकलाई छ लाख ८१ हजार तीन सय अनुदान उपलब्ध गराइएको छ ।

उक्त स्थानमा महानगरपालिकाले ५० प्रतिशत अनुदानमा चैते–५ जातको धानको बीउ उपलब्ध गराएको थियो । महानगरपालिकाले आर्थिक वर्ष २०८०र०८१ को कार्यक्रमअन्तर्गत महानगरभित्र कृषि क्षेत्रमा सकृय १५ संघसंस्थालाई रु पाँचरपाँच हजार नगदसहित सम्मान गरेको छ ।

अनुदान रकम हस्तान्तरण एवं कृषक सम्मान कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषि उत्पादनलाई जोड दिँदै महानगरपालिकाले तरकारी, फलफूल र पशुपालनमा सहयोग गर्दै आएको बताए । कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गर्न उत्पादनलाई जोड दिनुुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij