काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख भुपेन्द्र बहादुर खत्रीले कार्यभार सम्हालेका छन् ।
प्रहरी प्रमुख खत्रीले शुक्रबार टेकुस्थित परिसरको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । कार्यालयमा प्रहरी अधिकारीले खत्रीलाई स्वागत गरेका थिए ।
गत आइतबार गृह मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) डा. मनोज केसी र काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको थियाे ।
मन्त्रालयले केसीको ठाउँमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका एसएसपी सोमेन्द्रसिंह राठौर र काठमाडौं प्रहरी परिसर, टेकुमा एसएसपी भुपेन्द्र खत्रीलाई पठाइएको थियाे ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij