काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनलाई उल्टाउने षडयन्त्र गरेको आरोपमा आत्मसमर्पण गरेका छन् ।
जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गर्दा ट्रम्पको फिंगरप्रिन्ट (औंठा छाप) र मगसट (अनुहोरको फोटो) लिइएको छ ।
यसो गरिने ट्रम्प पहिलो पूर्वअमेरिकी राष्ट्रपति बनेका छन् ।
मुद्दाको सुनुवाइका लागि कुरिरहेका ट्रम्पलाई एटलान्टा जेलबाट जमानतका लागि दुई लाख अमेरिकी डलर धरौटी तय गरिएको छ ।
फौजदारी मुद्दामा पाँच महिनामा उनी चौथो पटक पक्राउ परेका हुन् । आत्मसमर्पणपछि ट्रम्पले सन् २०२१ यता पहिलो पटक ट्विटरमा पोस्ट गरेका छन् ।
आउँदो वर्षको निर्वाचनमा डेमोक्रेट पार्टीका जो बाइडेनलाई चुनौती दिन खोजिरहेका ट्रम्पले आपफूविरुद्धका मुद्दा राजनीतिक रूपमा प्रेरित भएको तर्क गरेका छन् । बीबीसी
© 2026 All right reserved to samajpress.com | Site By : Sobij