२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

शीर्ष नेताले बालुवाटारमा गरेको निर्णयले देश गम्भीर दुर्घटनामा पुग्यो : शेखर कोइराला

शीर्ष नेताले बालुवाटारमा गरेको निर्णयले देश गम्भीर दुर्घटनामा पुग्यो : शेखर कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दलका शीर्ष नेताहरू बालुवाटारमा बसेर संविधान विरोधी निर्णय गर्ने गरेकाले मुलुक भयावह दुर्घटनाको अवस्थामा पुगेको बताएका छन्।

‘संविधानले एउटा अधिकार दिएको छ तर नेताहरू एकठाउँमा बस्नुहुन्छ र आफू अनुकुलका निर्णय गर्नुहुन्छ। यसरी देशलाई कहाँ पुर्‍याउन खोजिएको हो?’ कोइरालाले प्रश्न गरे।

कोशी प्रदेश सरकारको विश्वासको मतबारेको पनि उनले शीर्ष नेताले संविधान र अदालतमाथि बलमिच्याइँ गरेको बताए। उनले प्रश्न गर्दै भने,’अदालतले जे नगर्नु भन्यो शीर्षनेताहरू बसेर फेरि त्यही गर्नुभयो। संविधान र अदालतमाथिको यस्तो बल मिच्याइँ कहिलेसम्म?

मोरङको सुन्दरहरैंचामा आयोजित दुलारी सरोकार मञ्चको वाषिर्कोत्सव तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कोइराला राजनीतिक दलहरुको चरम राजनीतिले समाज ध्रुवीकरण हुँदै गएको र सामाजिक सद्‌भावसमेत विथोलिएको बताए।

कार्यक्रममा २०१५ सालदेखि हालसम्म निर्वाचित स्थानीय प्रतिनिधि तथा तीनका परिवारलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij