२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

गायिका कमला घिमिरेले फिल्म खेल्ने

गायिका कमला घिमिरेले फिल्म खेल्ने

काठमाडौँ– गायिका कमला घिमिरेले अब फिल्म खेल्ने भएकी छन् । उनी बाबु बलामीको निर्देशनमा बन्ने फिल्म ‘माइली’मा अनुबन्धित भएकी छन् ।

निर्माण टिमले वेलकम भन्दै उनको फोटो सार्वजनिक गरेको छ तर उनको भूमिका गोप्य राखिएको छ । गायिका कमला लोक दोहोरीगीत गाएर चर्चामा आएकी थिइन् ।

यसअघि फिल्ममा अभिनेत्री प्रियंका कार्की र करिश्मा मानन्धर पनि भित्रिएका छन्। निर्देशक बलामीका अनुसार फिल्म सत्य घटनामा आधारित महिलाको कथामा बन्नेछ । यही असार अन्तिमबाट छायाँकन हुने फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा छायाँकन गरिनेछ।

फिल्ममा निर्देशक बलामीको ‘कन्सेप्ट’, शंकर अधिकारी ‘घायल’को गीत, पटकथा तथा संवाद र राजेन्द्र बजगाईंको संगीत रहनेछ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij