२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

विपदमा परेका नागरिकको उद्दार र राहतमा सक्रिय हुन सरकारका सम्पूर्ण निकायलाई प्रधानमन्त्रीको निर्देशन

विपदमा परेका नागरिकको उद्दार र राहतमा सक्रिय हुन सरकारका सम्पूर्ण निकायलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबिरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

समाजिक संजालमार्फत प्रधानमन्त्रीले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्दार र राहतमा सक्रिय हुन सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका हुन् ।

यस वर्ष उच्च वर्षा हुने प्रक्षेपण भइरहेकाले बाढी पहिरोबाट हुन सक्ने सम्भावित क्षति र जोखिम न्यूनीकरण गर्न व्यवस्थित सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण समितिको बैठक राखेर आवश्यक पूर्वतयारीको काम गरिरहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘यस सन्दर्भमा सम्भावित जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोध गर्दछु । सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग हार्दिक अपील गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij