२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

१९ बुँदे प्रस्ताव पारित गर्दै एकीकृत समाजवादीको महाधिवेश सम्पन्न

१९ बुँदे प्रस्ताव पारित गर्दै एकीकृत समाजवादीको महाधिवेश सम्पन्न

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशनले दुईसय ९९ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये ९३ जना मात्रै चयन गरेको छ ।

अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल चयन भएका छन् । नयाँ थपिएका वरिष्ठ उपाध्यक्षसहित अरु पदाधिकारीको टुंगो लाग्न बाँकी छ । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे, वेदुराम भुसाल र प्रमेश हमालले दाबी गरेका थिए ।

तीनै जना वरिष्ठ उपाध्यक्षको दाबीबाट टसमस नभएपछि सहमति जुट्न नसकेको हो । ९३ जना केन्द्रीय सदस्यहरूले भने शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । महाधिवेशनले १९ बुँदे प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij