२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

प्रधानन्यायाधीश श्रेष्ठको शपथ आज

प्रधानन्यायाधीश श्रेष्ठको शपथ आज

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । सोमबार प्रधानन्यायाधीशमा नियुक्त भएका श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

आज दिउँसो १ः४५ बजे श्रेष्ठले शपथ लिने कार्यक्रम रहेको राष्ट्रपति रामचन्द्र पौडेलको निजी सचिवालयले जानकारी दिएको छ ।

संवैधानिक परिषद्को सिफारिसमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।

उनलाई संविधानको धारा १२९ को उपधारा (२) बमोजिम प्रधानन्यायाधीशमा नियुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij