२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

एकीकृत समाजवादीको अध्यक्ष नेपाल र महासचिवमा भुसाल चयन

एकीकृत समाजवादीको अध्यक्ष नेपाल र महासचिवमा भुसाल चयन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । झलनाथ खनाल सम्मानित नेता र घनश्याम भुसाल महासचिवमा दोहोरिएका छन् ।

अध्यक्ष मण्डलका अध्यक्ष तथा पार्टीका सम्मानित नेता खनालले नयाँ नेतृत्वका लागि जारी महाधिवेशनमा सहमतिपत्र पढेर सुनाएका थिए । खनालले छलफल गरेर १२ वटा समूहले नै सहमतिका आधारमा नेतृत्व बनाउन सुझाव दिएपछि त्यहीअनुसार निर्णय भएको बताए ।

समाजवादीले अध्यक्ष, महासचिव र वरिष्ठ उपाध्यक्षसहितका पदहरूमा सहमतिबाटै नाम टुंगो लगाउने गरी छलफल चलाएको थियो । पार्टीको प्रचार विभागका अनुसार  तीन पदमा सर्वसम्मत चयन गरिएको हो भने अन्य पद पार्टी सचिवालयले टुङ्ग्याउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij