२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

फिल्म ‘तै चुप मै चुप’ निर्माणको घोषणा

फिल्म ‘तै चुप मै चुप’ निर्माणको घोषणा

काठमाडौँ । फिल्म ‘तै चुप मै चुप’ निर्माणको घोषणा गरिएको छ। घनश्याम लामिछानेको निर्देशनमा कलाकार एवं निर्माता सन्तोष अधिकारीको जन्मोत्सवको अवसर पारेर यो सिनेमाको घोषणा गरिएको हो ।

सन्तोष अधिकारी फिल्मसको व्यानर एवं अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माण सहकार्य रहने सिनेमाको स्क्रिप्ट मनिष गौतमले लेखिरहेका छन् ।

सिनेमाको काठमाडौँ र पोखरामा छायाँकन गरिने निर्माण पक्षले जनाएको छ । हाल सिनेमाका लागि कलाकार र गीत संगीत छनोटको काम भइरहेको छ । सिनेमामा आशिष थापा मगर र प्रतिमा थापाको लगानी रहने छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij