२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

२०८३ कार्तिक २१ शुक्रबार

रोहित शर्मा र विराट कोहलीले लिए सन्यास

रोहित शर्मा र विराट कोहलीले लिए सन्यास

काठमाडौं । भारलाई विश्वकप क्रिकेटको उपाधि जिताए लगत्तै भारती क्रिकेटका २ महत्वपूर्ण खेलाडीले अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेटबाट सन्यास लिएका छन् । भारतीय टिमका कप्तान रोहित शर्मा र प्लेयर अफ दी फाइनल विराट कोहलीले अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलजीवनबाट सन्यास लिएका हुन् । उनीहरु दुवैले सन्यासका लागि यो नै उपयुक्त समय भएको बताएका छन् ।

विराट कोहली टी ट्वान्टी विश्वकप क्रिकेटको इतिहासमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले विश्वकपका खेलहरुमा मात्रै १ हजार २ सय ९२ रन बनाएका छन् । भारतका लागि १ सय २५ अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलेका कोहलीले ४८ दशमलव ६९ को औसतले ४ हजार १ सय ८८ रन बनाएका छन् । उनको स्ट्राईक रेट १ सय ३७ रहेको छ । कोहलीले १ शतक र ३८ अर्धशतक बनाएका छन् । उनले दक्षिण अफ्रिका विरुद्ध फाइनलमा सर्वाधिक ७६ रन बनाएका थिए ।

रोहितले टी ट्वान्टी विश्वकप क्रिकेटका खेलहरुमा दोस्रो सर्वाधिक रन बनाएका छन् । उनले विश्वकपमा खेलहरुमा मात्रै १ हजार २ सय २० रन बनाएका छन् । भारतका लागि १ सय ५९ अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलेका रोहितले ४ हजार २ सय ३१ रन बनाएका छन् । उनले ३२ को औसत र १ सय ४० भन्दा बढीको स्ट्राईक रेटमा सो रन बनाएका हुन् । उनको नाममा ५ शतक र ३२ अर्धशतक रहेको छ । यही वर्ष भारतलाई एकदिवसीय विश्वकपको फाइनलमा पुर्याउन सफल भएपनि उपाधि जिताउन रोहित चुकेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij