काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा एपीएफ एफसीकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बाले इजरायली क्लब हापोयल रानानाको डेब्यु खेलमै गोल गरेकी छन्।
अथाना कपको दोस्रो चरणमा रानानाको जितमा साम्बाले गोल गर्दा अर्को गोलमा असिस्ट प्रदान गरेकी थिइन्।
बुधबार राति भएको खेलमा रानानाले हादेरालाई २–० गोल अन्तरले हराउँदै विजय सुरुवात गरेको हो। रानानाका लागि आदि गोल्डेन र साम्बाले समान एक गोल गरे।
युरोपेली प्रतियोगितामा रानानाका लागि डेब्यु गर्दै साम्बाले इतिहास बनाएकी छन्।
रानानाले दुई सातापछि शीर्ष डिभिजनको लिग यात्रा सुरु गर्नेछ।
आथाना कपमा शीर्ष डिभिजनको लिग खेल्ने ८ टोलीको सहभागिता छ। इजरायली लिग खेल्न साम्बा करिब दुई साता अघि त्यहाँ पुगेकी हुन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij