काठमाडौं । आगामी साउन ११ गतेबाट रिलिज हुने फिल्म ‘ईश्वर’को गीत ‘आहा भो ! आहा भो !’ सार्वजनिक भएको छ । कृष्ण काफ्ले र गीता पाण्डेको स्वर रहेको गीतमा भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको संगीत छ ।
ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा फिल्मका कलाकारद्वय पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन् । पोखरा आसपास छायाँकन गरिएको गीतमा पृथ्वी र अनुलाई रोमान्टिक भावमा देखाइएको छ ।
गीतमा फिल्मका केही दृश्यहरुलाई पनि स्थान दिइएको छ ।राजु गिरी निर्देशित फिल्ममा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतका कलाकारको अभिनय छ ।
पछिल्लो पटक फिल्म ‘पसिना’मा देखिएकी नायिका अनु शाह ५ वर्ष पछि ‘ईश्वर’मार्फत अभिनयमा कमव्याक गरेकी छन् । दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा हरिबहादुर थापाको निर्माण छ । फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ ।
फिल्ममा लक्ष्मी कुँवर थापा प्रस्तुतकर्ता छिन् ।फिल्ममा अर्जुन पोखरेल, संगीत, कविराज गहतराज, कोरियोग्राफी रहेको छ । फिल्ममा रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको वितरणको आरआर फिल्मस्ले गर्दैछ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij