काठमाडौँ- नेकपा एमाले नेता केशव स्थापित सक्रिय राजनीतिबाट बिदा लिएका छन्।
हाल नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य रहेका स्थापितलाई पार्टीले बिदा दिएको हो। सोमबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले उनलाई ‘बिदा’ दिएको हो।
स्थापित गएको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख लडेका थिए।
उनी तेस्रो भए। पछिल्लो समय उनी निष्कृय जस्तै थिए। आउँदा निर्वाचन नलड्ने घोषणा गरेका उनलाई एमालेले जिम्मेवारीबाट हटाएको एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए।
उनीसँगै सिराहाका प्रमोद नारायण यादवलाई बिदा दिने निर्णय गरेको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij