२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

सरकार र आन्दोलनरत ट्यांकर चालक संघबीच सहमति

सरकार र आन्दोलनरत ट्यांकर चालक संघबीच सहमति

काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति भएको छ । सोमबार सिंहदरबारमा भएको दुई पक्षबीचको छलफलमा १५ दिनभित्र संघको माग पूरा गर्ने सहमति भएको हो ।

नेपाल आयाल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले पेट्रोलियम ट्यांकर चालक संघ, निगम र मन्त्रालयबीच भएको छलफलमा चालकले पेट्रोलियम पदार्थ ढुवानी गर्ने सहमत भएका जानकारी दिए । सहमति भएसँगै पेट्रोलियम पदार्थको ढुवानी सुरु हुने उनले बताए

चालक संघले श्रम ऐनअनुसार तलब, जोखिमभत्ताको व्यवस्थापनलगायत सातबुँदे माग राख्दै शनिबारदेखि थानकोट डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी रोकेका थिए । ढुवानी रोक्दा काठमाडौं उपत्यकाका निजी पेट्रोल पम्पमा इन्धनको अभाव भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij