२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

बारामा क्याम्पस प्रमुखको गोली हानी हत्या

बारामा क्याम्पस प्रमुखको गोली हानी हत्या

बारा । बारामा क्याम्पस प्रमुखको गोली हानी हत्या गरिएको छ । बाराको मोहन विक्रम रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको शुक्रबार गोली हानी हत्या भएको हो ।

आदर्शकोतवाल गाउँपालिकास्थित खजुरियाका कुशवाहाको शुक्रबार साँझ अज्ञात समूहले गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । हत्यामा संलग्नको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

आदर्शकोतवालबाट खजुरियाबाट सदरमुकाम कलैयातर्फ जाँदै गरेका कुशवाहामाथि वडा नम्बर ३ स्थित भतिनिया क्षेत्रमा अज्ञात समूहले गोली प्रहार गरेको थियो । गोली लागेर घाइते भएका कुशवाहालाई उपचारका लागि न्यूरो अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij