काठमाडौं- नेपालमा २०७७ साल असारमा पहिलोपटक देखिएको लम्पी स्किन रोगले यस वर्ष देशभर ४८ हजार पशु मरेका छन्।
पशु सेवा विभागका अनुसार देशका ७७ वटै जिल्लामा फैलिएको यस रोगका कारण २०८० साउन १४ सम्म ४८ हजार ८८० पशुको मृत्यु भएको हो।
कुल ११ लाख ४९१ पशुलाई संक्रमण भएकोमा १ लाख ८३ शनमर ८०१ अझै सङ्क्रमित अवस्थामा रहेका छन्। हालसम्म ३ लाख ५० हजार ९२६ पशुलाई खोप लगाइएको विभागले जनाएको छ।
खेती लगाउने समयमा घरेलु पशुमा फैलिएको यो रोग रोकथाम तथा नियन्त्रणका लागि प्रयास भए तापनि नियन्त्रणमा आउन सकेको छैन।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij