२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

लम्पी स्किनले देशभर ४८ हजार बढी पशुको मृत्यु, १ लाख ८३ हजार अझै संक्रमित

लम्पी स्किनले देशभर ४८ हजार बढी पशुको मृत्यु, १ लाख ८३ हजार अझै संक्रमित

काठमाडौं- नेपालमा २०७७ साल असारमा पहिलोपटक देखिएको लम्पी स्किन रोगले यस वर्ष देशभर ४८ हजार पशु मरेका छन्।

पशु सेवा विभागका अनुसार देशका ७७ वटै जिल्लामा फैलिएको यस रोगका कारण २०८० साउन १४ सम्म ४८ हजार ८८० पशुको मृत्यु भएको हो।

कुल ११ लाख ४९१ पशुलाई संक्रमण भएकोमा १ लाख ८३ शनमर ८०१ अझै सङ्क्रमित अवस्थामा रहेका छन्। हालसम्म ३ लाख ५० हजार ९२६ पशुलाई खोप लगाइएको विभागले जनाएको छ।

खेती लगाउने समयमा घरेलु पशुमा फैलिएको यो रोग रोकथाम तथा नियन्त्रणका लागि प्रयास भए तापनि नियन्त्रणमा आउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij