२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्र पाण्डेलाई ४८ घण्टाभित्र नियुक्त गर्न सर्वोच्चको परमादेश

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्र पाण्डेलाई ४८ घण्टाभित्र नियुक्त गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको मतलाई अवैधानिक ठहर गर्दै उनलाई पदमुक्त गरेको छ । सोमबार न्यायाधीशद्धय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले अधिकारीले लिएको विश्वासको मत अवैधानिक ठहर गरेको हो । अदालतले ठूलो दल नेपाली कांग्रेसको संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।

६० सदस्यीय प्रदेश सभामा ३१ मत आवश्यक हुनेमा उनले ३० जनाको समर्थन पाएका थिए । अधिकारीलाई अवैधानिकरुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पाण्डेले गत वैशाख २५ मा सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij