२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

बजेट वक्तव्य पढ्ने बेलासम्म दलहरुबीच सहमति हुन्छः प्रधानमन्त्री

बजेट वक्तव्य पढ्ने बेलासम्म दलहरुबीच सहमति हुन्छः प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा जारी अवरोध छिट्टै हट्ने विश्वास व्यक्त गरेका छन् । आइतबारको प्रतिनिधि सभाको बैठकमा आफू केही दिनदेखि राजनीतिक दलहरुका बीचमा सहमति जुटाउन प्रयासरत रहेको र बजेट पेश गर्ने दिनसम्म सहमति निस्कने दाबी गरे ।

प्रधानमन्त्री दाहालले भने ‘मलाई विश्वास छ– आज र भोलिसम्म, बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति र समझदारी बन्नेछ।’ आज बिहान आफूले बुढानिलकण्ठ नै गएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर सहमतिको प्रयास गरेको पनि उनले जनाकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij