२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

प्रतिनिधिसभा बैठकको समय दुई बजेलाई सर्‍यो

प्रतिनिधिसभा बैठकको समय दुई बजेलाई सर्‍यो

काठमाडौँ । राजनीतिक दलबीच सहमतिका लागि प्रयास जारी रहेकाले आज बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको छ ।

दलबीचको छलफल जारी रहेको र सहमतिको स्थिति भई नसकेकाले सभामुखको निर्देशनमा बैठकको समय सारिएको संसद् सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको माग गरेर सदनमा अवरोध गर्दै आएको छ । निकासका लागि सत्तापक्ष, प्रतिपक्षी दलबीच आज बेग्लैबेग्लै छलफल भएको छ भने सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् ।

राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij