२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । बिहीबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत प्राप्त गरेका हुन् ।

५३ सदस्यीय प्रदेशसभामा सोडारीले २८ मत पाएका छन् । सोडारीको पक्षमा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक जना स्वतन्त्र सांसद गरी २८ जनाले मतदान गरेका थिए । कांग्रेस र नागरिक उन्मुक्तिको रेशम चौधरी पक्ष र राप्रपा सांसदहरू मतदान प्रक्रियामा सहभागी भएनन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij