२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

भूमिगत विद्युत प्रणाली सञ्चालनमा ल्याउने स्थानमा विजुलीका पोलमा रहेका संरचना हटाउन प्राधिकरणको आग्रह

भूमिगत विद्युत प्रणाली सञ्चालनमा ल्याउने स्थानमा विजुलीका पोलमा रहेका संरचना हटाउन प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिजुलीका पोलमा रहेका संरचना तथा उपकरण हटाउन सरोकारवालालाई आग्रह गरेको छ । निर्माण सम्पन्न भएका स्थानमा परीक्षण गरी केही दिनभित्रै भूमिगत विद्युत् प्रणाली सञ्चालनमा ल्याउने भन्दै प्राधिकरणले ती स्थानमा पोल हटाउन लागेको जानकारी दिएको हो ।

बिहीबार सूचना जारी गरी प्राधिकरणले पोलमा रहेका केबल, आप्टिकल फाइबर, सीसीटीभी क्यामेरा र सडक बत्तीलगायतका संरचना हटाउन भनेको छ। ६ महिनाभित्र नहटाए पछि हुने क्षतिप्रति आफू जिम्मेवार नहुने पनि प्राधिकरणले बताएको छ । सूचनामा भनिएको छ, ‘संरचना एवं उपकरणहरू नहटाएमा प्राधिकरणले पोललगायतका ओभरहेड संरचना हटाउँदा हुने क्षतिप्रति नेपाल विद्युत प्राधिकरण जिम्मेवारी नहुने व्यहोरोसमेत जानकारी गराइन्छ ।’

प्राधिकरणले पेप्सीकोला–जडीबुटी, लैनचौर नारायणगोपाल चोक, चुच्चेपाटी–चाबहिल–मित्रपार्क, कलंकी–त्रिपुरेश्वर, कालीमाटी–बल्खु, कीर्तिपुर–रिङरोड र सामाखुसी टाउन प्लानिङमा भूमिगत विद्युत जडान भइसकेको बताएको छ। केही दिनमै परीक्षणको तयारी थालेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij