२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

सर्रे जागुअर्सका लागि सन्दीपको घातक बलिङ, क्वालिफायर्समा पुग्यो टोली

सर्रे जागुअर्सका लागि सन्दीपको घातक बलिङ, क्वालिफायर्समा पुग्यो टोली

काठमाडौँ- नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेको घातक बलिङमा सर्रे जागुअर्स ग्लोबल टी–२० क्यानडाको क्वालिफायर्समा पुगेको छ। गएराति भएको खेलमा मिसिसौगा प्यान्थर्सलाई ८ विकेटले पराजित गर्दै सन्दीप आवद्ध टोली सर्रे क्वालिफायर्समा पुगेको हो।

प्यान्थर्सले दिएको ५७ रनको झिनो लक्ष्य सर्रेले ९ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो। त्यसअघि पहिला ब्याटिङ गरेको प्यान्थर्सले १४.३ ओभरमा ५६ रनमा समेटियो।

सर्रेको जितमा घातक बलिङ गरेका सन्दीपले आफ्नो स्पेलमा मात्र ६ रन दिएर ३ विकेट लिए। सन्दीपले ७.५ ओभरमा आजम खानलाई २ रनमा क्याच आउट गराए। छैटौँ बलमा टम कुपरलाई शून्य रनमा एलबीडब्लु आउट गराए।

१३.४ ओभरमा जाहुर खानलाई पनि एलबीडब्लु धरापमा पारे। २३ औँ जन्मदिन मनाइरहेका लामिछानेले उक्त खेलमा प्लेयर अफ द म्याच अवार्ड जिते। ४ ओभरमा मात्रै ६ रन खर्चेर ३ विकेट लिएका उनी प्लेयर अफ द म्याच भएका हुन्।

सन्दीपले प्लेयर अफ द म्याच अवार्ड जित्दा १ लाख ३२ हजार नेपाली पनि प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij