२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

सवारी दुर्घटनामा परेर कैलालीमा एक प्रहरीको मृत्यु

सवारी दुर्घटनामा परेर कैलालीमा एक प्रहरीको मृत्यु

 काठमाडौँ- सवारी दुर्घटनामा परेर कैलालीमा एक प्रहरीको मृत्यु भएको छ। आइतबार साँझ कैलालीको गोदावरी नगरपालिका–३ स्थित चौकीडाँडामा ट्याक्टरले ठक्कर दिएर गम्भीर घाइते भएका प्रहरी जवान कपिल कठायतको राति मृत्यु भएको हो। उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कुलदीप चन्दले जानकारी दिए।

कठायत कन्चनपुर वाणीस्थित विशेष सुरक्षा गणमा कार्यरत थिए। दुर्घटनामा अर्का प्रहरी जवान घाइते भएका छन्। मोटरसाइकलमै सवार प्रहरी जवान हेमराज दाउका गम्भीर घाइते भएक हुन्। उनको माया मेट्रो अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले पश्चिमतर्फ आइरहेको सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

गम्भीर घाइते दाउका प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी जवान हुन्। वाणीस्थित विशेष सुरक्षामा कार्यरत श्रीमतीलाई भेट्न त्यही गणमै कार्यरत प्रहरी जवान कठायतसँगै उनी आइरहेका थिए।

कार्यालय फर्किरहेका कठायत बाटोमै दुर्घटनामा परेका हुन्। घाइते जवान भने श्रीमती भेट्न गएका थिए। ठक्कर दिने ट्याक्टरका चालक फरार छन्। प्रहरीका अनुसार ट्याक्टर धनीलाई बोलाएर सोधपुछ गर्ने काम भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij