२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

एक लाख घूससहित प्रहरी हवल्दार पक्राउ

एक लाख घूससहित प्रहरी हवल्दार पक्राउ

काठमाडौँ- नेपाल प्रहरीका एक हवल्दार एक लाख रूपैयाँ घूससहित रंगेहात पक्राउ परेका छन्। काठमाडौँ प्रहरी प्रभाग, बूढानीलकण्ठमा कार्यर वरिष्ठ हवल्दार विष्णु सिंह एक लाख रूपैयाँ घूसहित रंगेहात पक्राउ परेका हुन्।

सिंह बुढानीलकण्ठ नगरपालिका–२ बासिकबाट पक्राउ परेको बताइएको छ।

स्थानीय कुख्ने खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्कने बालुवा व्यवस्थापनका लागि सहजीकरण गरिदिने भन्दै घूस लिँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij