२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

गुल्मीमा बहिनीले लगाइदिइन् दाजुको घर र गोठमा आगो

गुल्मीमा बहिनीले लगाइदिइन् दाजुको घर र गोठमा आगो

तम्घास  : गुल्मीमा बहिनीले दाजुको घर गोठमा आगो लगाइदिएकी छन्। गएराति मानसिक अवस्था ठिक नभएकी मदाने गाउँपालिका–१ अग्लुङकी ३२ वर्षीया मीना विकले दाजु दुर्गा विकको दुई तले जस्ताले छाएको घर र दुई तले खरले छाएको गोठमा आगो लगाउँदा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

निन्युखर्क घर भएकी विक विगत पाँच वर्षदेखि दाजुको घरमा बस्दै आएकी थिइन्। आगलागीका कारण घरमा भएको तीन लाख पचाँस हजार नगद, सुनका गरगहना करिब चार तोला गरी १२ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

घटनाको बारेमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij