२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

बुद्धि अधिकारीको ‘दर्पण छायाँले’

बुद्धि अधिकारीको ‘दर्पण छायाँले’

काठमाडौं । गायक बुद्धि अधिकारीको दोस्रो नयाँ गीत ‘दर्पण छायाँले’ सार्वजनिक भएको छ । रोमान्टिक डान्सिङ शैलीमा तयार गीतमा गायिका रचना रिमाललाई बुद्धि अधिकारीले स्वरमा साथ दिएका छन् ।

राजकुमार बगरको शब्द, संगीत रहेको गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् । गीतको आकर्षक भिडियो निर्माण भएको छ । जसमा चर्चित टिकटकर उषा उप्रेती, सुरेश कोहलीको नृत्य देख्न सकिन्छ ।

डान्सिङ शैलीमा तयार गीतको भिडियोमा केही कोरस समेत प्रयोग भएको छ । भिडियोमा अजय रेग्मीको छायाँकन, अमृत चापागाईंको सम्पादन छ । भिडियोलाई कुमार केसीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij