कपिलवस्तु : कपिलवस्तुको कपिलवस्तु नगरपालिकास्थित नयाँ टोलबाट स्रोत नखुलेको ४८ लाख नगदसहित एक जना पक्राउ परेका छन् ।
मंगलबार साँझ ६ बजेतिर सुनिलकुमार गुप्तालाई २४ लाख १३ हजार २५५ नेपाली रुपैयाँ र १४ लाख ९४ हजार ९२० भारतीय रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको साथबाट कुल ४८ लाख ५ हजार १२७ रुपैयाँ बरामद गरिएको हो।
स्थानीय रामदेव बर्माको घरमा भाडामा लिएर अबैध रुपमा भारतीय रुपैयाँको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी पुगेर खानतलासी गर्दा उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए।
पक्राउ परेका गुप्तालाई रकमसहित बुधबार राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने प्रहरीले जनाएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij