२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

कांग्रेस केन्द्रीय समिति बैठक : आजदेखि केन्द्रीय सदस्यहरूले धारणा राख्ने

कांग्रेस केन्द्रीय समिति बैठक : आजदेखि केन्द्रीय सदस्यहरूले धारणा राख्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्नेछ । हिजोबाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।

बैठकको पहिलो दिन मंगलबार विभिन्न प्रतिवेदन पेस भएका छन् । अब केन्द्रीय सदस्यहरूले धारणा राख्दै बैठक अघि बढ्ने बताइएको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठक लाइभ गरिएको थियो ।

मंगलबारको बैठकमा महामन्त्री गगन थापाले संगठनसम्बन्धी प्रस्ताव र वार्षिक कार्यक्रमको क्यालेन्डर प्रस्तुत गरेका छन् । थापाले २०८० को साउनदेखि ०८१ को असार मसान्तसम्म गर्ने गतिविधि समेटिएको वार्षिक क्यालेन्डर प्रस्तावको रुपमा पेस गरेका हुन् ।

थापाले प्रस्तुत गरेको क्यालेन्डरअनुसार हरेक महिना एक विशेष उद्देश्यसहितका कार्यक्रम तोकिएका छन् । क्यालेन्डरअनुसार केन्द्रीय सदस्यहरूले वर्षको एक महिना पार्टीको कामबाट बिदा पाउने छन् । त्यसबाहेक ११ महिना कुनै न कुनै कार्यक्रम र अभियानमा निरन्तर संलग्न हुनुपर्नेछ ।

बैठकमा अनुशासन समिति, निर्वाचन समिति लगायतको प्रतिवेदन प्रस्तुत भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij