काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ १५ गतेसम्म सबै विभागको गठन गरी पूर्णता दिइने प्रस्ताव गरेका छन्। पार्टीको मंगलबार सुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले पार्टी संगठन संरचनाका सन्दर्भमा प्रस्ताव पेस गर्दै प्रत्येक विभागले आफ्नो कार्यक्षेत्र अन्तर्गत कार्यक्रमहरू बनाई कार्यतालिकासहितको वार्षिक योजना भदौ मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पेस गर्नुपर्ने बताएका हुन्।
महामन्त्री थापाले केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा दोस्रो महिनाको पहिलो हप्ता बस्ने, वर्षमा न्यूनतम दुई बैठक काठमाडौँ उपत्यका बाहिर बस्ने प्रस्ताव गरेका छन्।
महामन्त्री थापाले पार्टी संगठन सुदृढीकरण र शुद्धीकरणका अभियानअन्तर्ग पहिलो चरण साउन २० देखि भदौ १ गतेसम्म संगठन सुदृढीकरण केन्द्रित गतिविधि गर्ने प्रस्ताव गरेका छन्। यस्तै दोस्रो चरणमा भदौ १० देखि २४ गतेसम्म समुदायसँग संवाद गर्नै र
तेस्रो चरणमा मंसिर १५ देखि माघ १५ सम्म (दुई महिना) घरघरमा कांग्रेस अभियान सञ्चालन गर्ने प्रस्ताव थापाको छ। अभियानको पहिलो चरणको उद्देश्य सदस्यता वितरण, तहगत समितिको क्रियाशीलता, यथार्थ विष्लेषण, संगठन सुदृढीकरण र सबबीकरण गर्नु रहेको छ। यस्तै पहिलो चरणमा ७७ वटै जिल्ला र ७५३ वटै स्थानीय तहमा प्रतिनिधि खटाइने प्रस्ताव महामन्त्री थापाको प्रस्ताव छ।
महामन्त्री थापाले पार्टीले वर्षभरि गर्ने कामको सूची समावेश गरेर क्यालेन्डर प्रस्ताव गरेका छन्।
बैठकमा आजदेखि केन्द्रीय सदस्यहरूले बोल्नेछन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij