२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

कर्णालीमा कांग्रेस संगठन सुदृढ यात्रामा रहेका युवा नेता शाहीलाई विभिन्न जिल्लामा भव्य स्वागत

कर्णालीमा कांग्रेस संगठन सुदृढ यात्रामा रहेका युवा नेता शाहीलाई विभिन्न जिल्लामा भव्य स्वागत

सुर्खेत । कर्णालीमा नेपाली कांग्रेसको संगठन सुदृढ यात्रामा रहेका नेपाली कांग्रेसका युवा नेता भेपेन्द्रजंग शाहीलाई विभिन्न जिल्लामा भव्य स्वागत गरिएको छ ।

नेपाली कांग्रेसलाई सशक्त, सवल, लोकप्रिय, बलियो र गतिशील पार्टी निर्माणका लागि सल्यान कपुरकोटदेखी हुम्ला सिमिकोटसम्मको पार्टी संगठन सुदृढ यात्रा थालेका शाहीलाई सल्यान, रुकुम, डोल्पा, जाजरकोट, दैलेख पुग्दा त्यहाँका पार्टी सभापति, पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला र स्थानिय तह लगायतका कांग्रेस नेता तथा कार्यकताहरुले भव्य रुपमा स्वागत गरेका हुन् ।

यही चैत्र २ गते वाट सल्यानको कपुरकोटमा संगठन सुदृढ यात्राको पहिलो कार्यक्रम गरी कर्णालीमा संगठन सुदृढ यात्रा सुरुवात गरेका नेता शाहीले कांग्रेसको गौरवशाली इतिहास कायम गर्नका लागि अनुभवी पुस्तालाई सम्मान गर्दै वर्तमान पुस्ताको उर्जालाई अभिबृद्धि गर्न यो यात्रा केन्द्रित रहेको बताए ।

अभियानको सुरुवागत गरेको सल्यान जिल्लामा नेपाली कांग्रेस सल्यानका सभापति केशबहादुर बिष्ट, कुसे गाँउपालिका उपाध्यक्ष देवीका सिंह, चुर्नबहदुर केसी, मनराज शाही लगायतको टोलीले जिल्लाका चार पाँच वटा स्थानीय तहसम्म पुगेर भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

सल्यान, रुकुमपश्चिम, डोल्पा, जाजरकोट हुँदा दैलेख पुगेका कांग्रेस नेता शाहीले कर्णालीको समग्र विकास र समृद्धिका लागि कर्णाली प्रदेश र मुलुकमा कांग्रेसकै सरकार निर्माण गर्ने गरी जनमत निर्माण जरुरी रहेको बताए ।

यात्राका क्रममा नेपाली कांग्रेसको अग्रज पुस्तादेखि युवा पुस्तासम्म सबै तहका नेता तथा कार्यकर्ताहरुसँग भेटघाट, अन्तरक्रिया गरी पार्टीमा नयाँ उर्जा र भरोशा थपिने उनले बताए ।

उनले भने, ‘यो अभियान पार्टीलाई जनतासँग र जनतालाई पार्टीसँग जोड्ने पुलको रुपमा काम गर्नेछ । प्राय सबै तहका नेताहरु चुनाव र अधिवेशनका बेला मात्र गाँउ केन्द्रित हुन्छन् । अधिवेशन सकिएपछि पार्टीमा निस्क्रियता र शिथिलता छाउँछ तर म कर्णाली प्रदेशमा सभापतिको प्रत्यासी हुनुको नाताले आफ्नो दायित्व बोध गरी पार्टीलाई चलायमान बनाउन संगठन सुदृढ यात्रा थालेको हुँ । यो कुनै विचार समुहमा केन्द्रित होइन, सिंगो पार्टी र आम नागरिकहरुलाई राजनीति प्रतिको आशा देखाउनु पनि हो । अहिले गुटवन्दी गर्ने बेला होइन, काङ्ग्रेसका बिरुद्ध घेराबन्दी भएकाले सबै काङ्ग्रेस एक जुट भएर प्रतिवाद गर्नु पर्छ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij