२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

भारतमा भारी वर्षासँगै बाढी : ४५ वर्षपछि ताजमहल छिर्‍यो यमुनाको पानी

भारतमा भारी वर्षासँगै बाढी : ४५ वर्षपछि ताजमहल छिर्‍यो यमुनाको पानी

काठमाडौँ- भारतमा लगातारको वर्षापछि आएको बाढी र पहिरोले जनजीवजन कष्टकर बनेको छ। उत्तर भारतमा थप भारी वर्षाको अनुमान गरिएको छ।

आगराको यमुना नदीले आइतबार बिहान खतराको स्तर पार गरेको छ। ४५ वर्षपछि यमुनाको पानी ताजमहलको पर्खालमा पुगेको छ।

दिल्लीमा यमुनाको पानीको स्तर केही घटेको छ, तर यो अझै पनि खतराको चिन्ह २०५.३३ मिटर माथि बगिरहेको छ। गढमुक्तेश्वरमा पनि गंगाको जलस्तर १३ वर्षपछि पहेँलो निशानभन्दा माथि छ। ब्रजघाटमा गंगाको पानी आरती स्थल नजिकैको सिँढीमा पुगेको छ। हिमाचल प्रदेशमा पनि आइतबार धेरै जिल्लामा पानी परेको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो पूर्वानुमानमा राज्यका सबै जिल्लामा भारी वर्षा हुने चेतावनी दिइएको छ। यस अवधिमा केही स्थानमा बादल फाट्ने र बाढी आउन सक्ने चेतावनी दिइएको छ। दिल्लीमा पनि तीन दिनसम्म हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार उत्तर प्रदेशका अधिकांश जिल्लामा वर्षा भएको थियो। जसकारण नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ। आगराको दक्षिणी किनारमा एटमदौलाको यमुना किनारमा रहेको चेम्बरमा एकदेखि डेढ फिटसम्म पानी भरिएको छ। ताजमहलको छेउमा यमुनाको किनारमा बनेको बगैँचा बाढीले बगाएको थियो।
यसअघि सन् १९७८ को बाढीमा यमुनाको पानी ताजमहलको तहखानेसम्म पुगेको थियो। सीमावर्ती गाउँमा पानी डुबेको छ । प्रशासनले रेड अलर्ट जारी गरेको छ।

आइतबार हिमाचल प्रदेशका अधिकांश स्थानमा पानी परेको छ। मण्डीमा घरको छाना खस्दा दुई जनाको मृत्यु भएको छ भने पदयात्रा गर्न गएका दुई जनाको शव हिउँमा पुरिएको अवस्थामा फेला परेको छ ।
रातभरको वर्षाका कारण बद्रीनाथ र हेमकुण्ड यात्राका १५ सयभन्दा बढी तीर्थयात्री अलपत्र परेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij