२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

परराष्ट्रमन्त्री आज बैंकक जाँदै

परराष्ट्रमन्त्री आज बैंकक जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्यान्ड जाने भएका छन् । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को विदेशमन्त्रीहरूको ‘रिट्रिट’मा सहभागी हुन उनी बैंकक जान लागेका हुन् ।

मन्त्री साउद आइतबार दिउँसो साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयरवेजको विमानमार्फत त्यसतर्फ प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।

बिम्स्टेक विदेशमन्त्रीहरूको रिट्रिट यही जुलाई १७ मा बैंककमा हुँदै छ । थाइल्यान्ड हाल बिम्स्टेकको अध्यक्ष राष्ट्र हो । बिम्स्टेक स्थापनाको २५ वर्ष पुगेको अवसरमा रिट्रिट बैठकको आयोजना गरिएको हो ।

बैठकमा बिम्स्टेकका सदस्य नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र म्यानमारका विदेशमन्त्री सहभागी हुनेछन् । रिट्रिट बैठकमा क्षेत्रीय मुद्दाहरूमाथि छलफल हुनेछ ।

परराष्ट्रमन्त्री साउद आउँदो मंगलबार दिउँसो स्वदेश फर्कने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij