२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

मोरङमा श्रीमतीको हत्या गरी एक व्यक्तिले गरे आत्महत्या

मोरङमा श्रीमतीको हत्या गरी एक व्यक्तिले गरे आत्महत्या

विराटनगर । मोरङमा श्रीमतीको हत्या गरेर एक व्यक्तिले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार मोरङको बेलबारी– १ का ६० वर्षीय बमबहादुर लिम्बूले ४५ वर्षीया श्रीमती गीता लिम्बूको हत्या गरेपछि आत्महत्या गरेका हुन् ।प्रहरीका अनुसार बमबहादुरले गएराति धारिलो हतियार प्रहार गरी गीताको हत्या गरेका थिए ।

पत्नीको हत्या गरेपछि उनले त्यही हतियारले घाँटी रेटेर आत्महत्या गरेका हुन् । श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो भने श्रीमानलाई गम्भीर अवस्थामा फेला पारिएको थियो ।

उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बमबहादुरले छोरामाथि पनि आक्रमणको प्रयास गरेका थिए । तर, उनले भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij