२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदलाई रास्वपाको ह्विप

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदलाई रास्वपाको ह्विप

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ। मंगलबार बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई मत दिन ह्विप जारी गरेको हो ।

बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको हो । रास्वपाका २१ सांसद रहेका छन् ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन भत्काएर एमाले सहितको नयाँ गठबन्धन बनाएपछि नयाँ गठबन्धनमा रास्वपा पनि सामेल भएको छ। नयाँ गठबन्धनबाट बनेको मन्त्रिपरिषद्मा रास्वपाले चार मन्त्रालयका साथ सरकारमा सहभागी छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij