२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

लिखित सहमति नगरे एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

लिखित सहमति नगरे एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले राखेको सर्त लिखित रुपमा सहमति जनाएपछि मात्र राष्ट्रिय सभाको निर्वाचनमा मत दिने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले पार्टीको प्रस्तावमा लिखित सहमति जनाएपछि मात्र राष्ट्रिय सभाको निर्वाचन र प्रधानमन्त्रीले लिने विश्वासको मतको बारेमा निर्णय गर्ने प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए ।

उनले राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको बारेमा र प्रधानमन्त्रीले लिने विश्वासको मतको बारेमा केही निर्णय नगरेको बताए । उनले लिखित सहमति नजनाएसम्म सहयोग गर्न नसक्ने बताए । एकीकृत समाजवादी दुई मन्त्रीसहित सरकारमा सहभागी छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij