२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

नयाँ सत्तासमीकरण सामान्य घटना होइनः शेखर कोइराला

नयाँ सत्तासमीकरण सामान्य घटना होइनः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ताका लागि जेपनि गर्नु तयार हुनु कांग्रेसका लागि महंगोे सावित भएको बताएका छन् । कांग्रेससँगको गठबन्धन छाडेर माओवादीले एमालेसँग गठबन्धन गरेपछि सामाजिक संजालमार्फत कोइरालाले हिजोको घटना सामान्य नभएको बताएका हुन् ।

उनले भनेका छन्, ‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो तर हिजोको घटना सामान्य होइन। कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महङ्गो सावित भयो । यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौं ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij