२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

गठबन्धन भत्किएपछि त्यसको समीक्षा गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

गठबन्धन भत्किएपछि त्यसको समीक्षा गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । कांग्रेससहितको गठबन्धन टुटेपछि त्यसबारे धारणा बनाउन सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

बैठक सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा दिउँसो ३ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा गठबन्धन भत्किनुका कारणसहित अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij