२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ । सभामुख देवराज घिमिरे प्रतिनिधिसभामा सांसदले उठाएका विभिन्न विषयमा यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले समसामयिक विषयमा सरकारको जवाफ माग गरेपछि सभामुख घिमिरेले निर्देशन दिएका हुन् ।

बैठकमा सांसद सूर्यबहादुर थापा क्षेत्री र राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित, लघुवित्त पीडित, दुग्ध किसानका समस्या समाधानका लागि सरकारले पहल नगरेको भन्दै सदन र सरकारको ध्यानाकर्षण गराएका थिए ।

यसअघि पनि सांसदहरुले बालकुमारी घटना, भ्रष्टाचारका आरोप लागेका मन्त्री हटाउनुपर्नेलगायत विषयमा स्पष्ट जवाफ दिनुपर्ने माग राख्दै आएका थिए । सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिन सभामुखले रुलिङ गर्दै आएका छन् । तर सरकारले भने जवाफ दिन आलटाल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij